शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५७ करोड ९४ लाख खरिद भएको छ भने ६८ करोड ४३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४० करोड ४६ लाखको खरिद भएको छ भने ३७ करोडको बिक्री भएको छ ।