मूभिङ्ग एभरेजमा बुलिस रहेको बजारको साप्ताहिक चार्टमा ‘शुटिङ स्टार’, कस्तो रहला अब बजार ?
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिनमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ८१८.४३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७३६.४८ को विन्दुमा बन्द भयो ।यस हिसाबले यो साता ८१.९५ अंकले बजारमा गिरावट आयो । अघिल्लो साता भने बजार करिब ४ अंकले बढेको थियो । यो साता ४ दिनको...