समृद्धि फाइनान्सको सीईओमा पुनः लोहनी नियुक्त
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा टिका निधि लोहनी पुनःनियुक्त भएका छन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।