नेपाल फाइनान्सको नाफा २४२४% ले वृद्धि, रिजर्भको आकार पनि १०.८३% ले बढ्यो
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा कम्पनीले कमाएको ८ लाख १२ हजारको तुलनामा २ हजार ४२४ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १२.१५ प्रतिशतले बढेर भएर ५ करोड २२ लाख...