क्युबालाई ट्रम्पको धम्कीः ढिलो हुनुभन्दा अघि डिल गर
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई कडा चेतावनी दिएका छन्। उनले क्युबासँग अमेरिकाको सम्झौता (डिल) गर्न ढिलो हुनुभन्दा पहिले नै गर्न सल्लाह दिएका छन्, नत्र परिणाम भोग्न तयार रहनुपर्ने बताएका छन्। ट्रम्पले क्युबाले भेनेजुएलाबाट पाइरहेको तेल र आर्थिक सहयोग अब पूर्ण रूपमा बन्द हुने घोषणा गरेका छन्।

