चिनियाँ एआई कम्पनी डिपसिकले विश्व हल्लायो, २४ घण्टामा १०८ अर्ब डलर सम्पत्ति स्वाहा
काठमाण्डौ । चिनियाँ एआई विकासकर्ता डीपसिकले २४ घण्टामा विश्वका शीर्ष धनी व्यक्तिहरूलाई ठूलो घाटा पुर्याएको छ। डीपसिकका कारण अमेरिका लगायत विश्वभरका शेयर बजारमा पहिरो गएको छ ।अमेरिकी शेयर बजारले सबैभन्दा ठूलो क्षति बेहोर्नु परेको रिपोर्टहरु सार्वजनिक भएका छन् । यस गिरावटका कारण, विश्वका शीर्ष ५०० धनी व्यक्तिहरूको संयुक्त कुल सम्पत्ति १०८ अर्ब डलर स्वाहा भएको छ ।