प्रधानमन्त्रीको बोल्ड कदम: पहिला ६६ सदस्यीय सचिवालय २० मा झारिन्, आलोचनापछि त्यसलाई पनि घटाएर ६ जनामा सीमित गरिन् !
काठमाण्डौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको संरचना ठूलो परिमाणमा घटाएकी छन्। २० सदस्यीय सचिवालयमध्ये उनले १४ जना सदस्यलाई एकैपटक हटाउँदै सचिवालयलाई ६ जनामा झारेकी हुन्।

