काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गरेका छन् । कार्की र सङबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।
उक्त अवसरमा प्रधानमनन्त्रीले कार्कीले चीन सरकारबाट व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन् ।
यस्तै उनले बाढीबाट धवस्त रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा चीन सरकारले गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरिन् ।
यस्तै नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल र चीनबीचमा रहिआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।
उनले नेपाललाई सहयोग प्रदान गर्न चीन सधैं तयार रहेको बताए ।