काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री कार्यालय नजिकको स्रोतका अनुसार उक्त सम्बोधनको सम्पूर्ण व्यवस्थापन सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमार्फत भइरहेको छ।
कार्की प्रधानमन्त्री बनेको तीन सातामै सार्वजनिक सम्बोधनमा उत्रिन लागेकी हुन्। जेनजीहरूले २३ र २४ भदौमा गरेको तीव्र प्रदर्शनपछि उनी २७ भदौमा प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन्। त्यसयता, उनको सरकार विवादास्पद निर्णय-प्रतिनिधिसभा विघटनमा उत्रिँदै आगामी २१ फागुनमा नयाँ निर्वाचन मिति घोषणा गरिसकेको छ।
भोलिको सम्बोधनले आगामी निर्वाचन, सरकारको प्राथमिकता तथा हालका राजनीतिक द्वन्द्वबारे स्पष्ट संकेत दिन सक्ने अपेक्षा गरिएको छ। राजनीतिक स्थिरता र जनताप्रतिको भरोसा पुनः स्थापित गर्ने दिशामा कार्कीको यो सम्बोधन महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।