• मंगलवार, आश्विन ७,२०८२ 08:26:31
Global IME Bank Limited

निर्वाचन आयोगलाई तत्काल चुनावको तयारी थाल्न प्रधानमन्त्रीको आग्रह

Hyundai Nepal
निर्वाचन आयोगलाई तत्काल चुनावको तयारी थाल्न प्रधानमन्त्रीको आग्रह
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तत्काल गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले यस्तो आग्रह गरेकी हुन् ।  

उक्त अवसरमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने मतपेटिकासहितका सामग्री मौज्दात रहेको बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै उनले अभाव हुने सामग्री स्वदेशमै उत्पादित वस्तुलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक ढंगले खरिद गरिने समेत बताए ।  

 प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी ढंगले सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकता रहेको बताइन् । उनले आयोगलाई आवश्यक स्रोत–साधन, जनशक्ति र शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने प्रतिबद्धता समेत जाहेर गरिन् । 

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.