सोमबार, मंसिर १५,२०८२ 11:39:20
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 11:39:20
Bizshala
Global IME Bank Limited

गणपति लघुवित्तको नाफामा सामान्य सुधार, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
गणपति लघुवित्तको नाफामा सामान्य सुधार, आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.९७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी ४२.९४ प्रतिशतले बढ्दै ७ करोड ५० लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ७ करोड ४२ लाख रुपैयाँमा सीमित थियो ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै संस्थाको सञ्चालन मुनाफा १ करोड ७६ लाख रुपैयाँ रहेको छ । संस्थाको कर्मचारी खर्च ५ करोड १० लाख र अन्य सञ्चालन खर्च १ करोड ४७ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको निक्षप संकलन ४८ करोड ६३ लाख रुपैयाँबाट घटेर ४७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।  

कर्जा प्रवाह भने २ अर्ब ५ करोडबाट बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ ८३ लाख ३० हजार रुपैयाँ र रिजर्भ ४ करोड २ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८३ लाख ३० हजार रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा ४.६६ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात घटेर ४.१३ प्रतिशतमा खुम्चिएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १६.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.०८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५९०.३१ रुपैयाँ,मूल्य आम्दानी अनुपात १०६.१५ गुणा र तरलता अनुपात ८.५४ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.