सोमबार, जेष्ठ ४,२०८३ 10:54:54
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:54:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कुन कम्पनीको सेयर किन्ने ? तपाईका लागि विकल्प हुनसक्छन् बीमा सेक्टरका यी १० कम्पनी

Laxmi Sunrise Bank Limited
कुन कम्पनीको सेयर किन्ने ? तपाईका लागि विकल्प हुनसक्छन् बीमा सेक्टरका यी १० कम्पनी
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा आधारभूत रुपमा बलिया तथा उच्च रिटर्न क्षमता भएका वा वित्तीय रुपमा स्वस्थ कम्पनीहरु त्यति धेरै चल्न सकेका छैनन् । बजारमा हल्लाकै भरमा सेयर खरिद गर्ने प्रवृति कायम नै छ ।  

बजारमा ठूला खेलाडीहरुले जुन कम्पनीको नाम लिन्छन्, त्यहि कम्पनीकै पछि लाग्ने प्रवृतिका कारण सोझा तथा नयाँ लगानीकर्ताहरुले करोडौं रुपैयाँ डूबाइरहेका छन् । कुनै व्यक्ति विशेषको पछि लागेर सेयर किन्दा यति डूबियो, उति डूबियो भन्दै गुनासोले भरिएका पोस्टहरु हिजोआज सामाजिक सञ्जालहरुमा छताछुल्ल हुन थालेका छन् ।  

Bizshala
New Office
CG Motors

यतिबेला बजारमा बढी  ‘लो क्याप’ र  ‘मिड क्याप’ कम्पनीहरु चलेका छन् । यस्ता कम्पनीको सेयर खरीद गर्दै गर्दा लगानीकर्ताहरुले कम्पनीको आधारभूत पक्ष र वित्तीय स्वास्थ्यलाई चेकजाँच गर्नै छाडेका छन् । यसले लगानी डूब्ने जोखिम बढाएको छ भने लगानीकर्तामा सेयर बजारप्रति नै विकर्षण गर्ने खतरा पनि ।  

लगानीकर्ताहरुमा कम्पनीको आधारभुत पक्ष नहेरी बजारमा जे ट्रेन्ड आयो त्यहि फलो गर्ने बानी कम हुनुको साटो बढिरहेको देखिन्छ, जुन घातक सिद्ध हुनसक्छ ।  

बजारमा जुन कम्पनीको सूचीकृत सेयर संख्या कम छ, त्यहि कम्पनीकै सेयरभाउ उचाल्ने प्रवृति पछिल्लो समय व्यापक छ। बजारका केही सेयर खेलाडीहरुले त्यस्ता कम्पनीको डिमाण्ड बढाएर सेयरभाउ उचाल्ने र सोझासाझा लगानीकर्तालाई भिडाएर आफू उम्किने गरेको थुप्रै रेकर्डहरु छन् ।  

यस्तो विषयमा नयाँ तथा साधारण लगानीकर्ताहरु आफैं सचेत हुन जरुरी छ । कसैले भनेको भरमा सेयर खरिद गर्दा लगानी डुब्ने सम्भावना बढी हुन्छ । आफूले लगानी गर्न लागेको कम्पनीको वित्तीय अवस्था कस्तो छ र फण्डामेन्टलि ती कम्पनी कति बलिया छन् वा कति कमजोर छन् त्यस विषयमा बुझ्न आवश्यक हुन्छ ।  

यतिबेला फण्डामेन्टल रुपमा बलिया कम्पनीहरु चल्न सकेका छैनन् । तर त्यस्ता कम्पनीमा लगानी गर्दा त्यति धेरै जोखिम हुँदैन जति लो क्याप तर आधारभूत रुपमा कमजोर कम्पनीमा हुन्छ ।  

बजार जानकारहरुका अनुसार आधारभूत रुपमा बलिया कम्पनीहरु चल्न सरकारले सेयरबजारका लागि स्थिर नीति बनाउनुपर्नेछ । अर्थात् बजार बढोत्तरीका लागि अर्थतन्त्र चलायमानसँगै लगानीको उचित वातावरण सिर्जना गरिदिने हो भने सेयरबजारमा सबै खालका कम्पनीहरु चल्नेछ ।  

अहिले बजारले खासै लय समात्न सकिरहेको छैन, तर सो समयमा आधारभूत पक्षमा बलिया कम्पनीहरुमा लगानी गर्दा मिडटर्म वा लङ टर्मका लागि फाइदा हुनसक्ने जानकारहरु तर्क गर्छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

लगानीकर्ताहरु विशेष गरी यतिबेला मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको बहिर्गमनको प्रतिक्षामा छन् ।  

मौद्रिक नीतिको समिक्षामा व्यक्तिगततर्फको सेयर धितो कर्जाको क्याप खारेज गरिएमा बजारले लय लिनसक्ने लगानीकर्ताको अपेक्षा छ ।  

यदि बजारका लागि भनेजस्तो नीति आएमा बजार बुलिस हुने र लार्ज क्याप भएका वा आधारभूत पक्षले बलिया कम्पनीहरुको सेयरभाउ ह्वात्तै बढ्नसक्ने धेरैको अनुमान छ ।  

नेप्सेमा १३ समूहका कम्पनीहरु सूचीकृत छन् । विशेषगरी बैंक र बीमा समूहका कम्पनीहरुको लगानीलाई सुरक्षित मान्ने चलन छ । तर बजारमा बैंक र बीमा कम्पनीहरु खासै चल्न सकिरहेका छैनन् । बैंकहरुलाई पछिल्लो समय खराब कर्जा बढ्ने समस्याले पिरोलेको छ भने आर्थिक मन्दीको असर अन्य समूहमा पनि देखिन्छ । तर, तुलनात्मक रुपमा जीवन र निर्जीवन बीमा समूहमा उच्च सम्भावना देखिन्छ ।  

यदि तपाई पनि कम जोखिम हुने सेक्टरमा लगानी गर्दै हुनुहुन्छ भने त्यसका लागि जीवन र निर्जीवन बीमा समूहका केही अब्बल कम्पनी राम्रो विकल्प हुनसक्छन् ।  

आधारभूत रुपमा विशेषगरी कम्पनीको पुँजी, रिजर्भ, खुद नाफा, आरओई, इपीएस, बुकभ्यालु, पीई रेसियो लगायतलाई हेरेर लगानी गर्नु बुद्धिमानी हुन्छ । यी पक्षमा बलिया देखिएका कम्पनीमा लगानी गर्दा त्यति जोखिम नहुने बजार विश्लेषकहरु बताउँछन् ।  

बीमा सेक्टरमा आधारभुत पक्षमा बलिया देखिएका कम्पनीहरुमा रिलायबल नेपाल लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, नेपाल लाइफ, सिटिजन लाइफ, शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र सानिमा जिआइसी इन्स्योरेन्स छन् ।

अहिले यी कम्पनीहरु खासै चल्न नसकेपनि बजार तीन हजारको विन्दु आसपासमा पुग्ने हो भने यस्तै कम्पनी बढी चम्किनसक्ने अनुमान गर्न सकिन्छ ।

वित्तीय रुपमा बलिया निम्न कम्पनीहरुको विषयमा तपाईले पनि अध्ययन थाल्ने हो कि ? यस्ता कम्पनीमा लगानी गरेर जोखिमरहित सेयर बजारको यात्रा सुरु गर्ने हो कि ?

(नोटः यो रिपोर्ट कम्पनीहरुको वित्तीय विवरणको आधारमा तयार पारिएको हो । कसैलाई कुनै कम्पनीको सेयर खरिदबिक्री गर्न सिफारिस गरिएको होइन ।)

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.