बिहीबार, असार १८,२०८३ 10:32:35
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:32:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ निष्कासन गर्ने, क–कसले दिन पाउछन् आवेदन ?

Laxmi Sunrise Bank Limited
पियोर इनर्जीले फागुन २० गतेदेखि आईपीओ निष्कासन गर्ने, क–कसले दिन पाउछन् आवेदन ?

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले यही फागुन २० गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु. १०० अंकित दरका १ लाख ६०  हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरुको लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख ४४हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि निष्कासन गर्न लागिएको हो ।  

आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समुहमा थप गरी सर्वसाधारणका निष्कासन गरिने कम्पनीले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको सेयर निष्कासन बन्द छिटोमा चैत ५ गते हुनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासित सेयर ढिलोमा चैत २० गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

यस्तै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नबिल बैंकका शाखा कार्यालयहरु कोहलपुर र नेपालगञ्ज,लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु कोहलपुर र नेपालगञ्ज,सिद्धार्थ बैंकका शाखा कार्यालयहरु खजुरा,न्यूरोज, नेपालगञ्ज र विपी चोक,कुमारी बैंकका शाखा कार्यालयहरु चिसापानी,खजुरा,कोहलपुर सुर्खेत रोज नेपालगञ्ज र रिमझिम बजार र खजुरा गाउँपालिकामा रहेको सौर्य विद्युत उत्पादन केन्द्रमा आवेदन बुझाउन सक्नेछन् ।    

कम्पनीले धितोपत्र निष्कासनबाट प्राप्त पूँजी नबिल बैंक र स्ट्याण्डर्ड बैंकको कर्जा भुक्तानी गर्न र धरौटी भुक्तानी तथा अन्य दायित्व भुक्तानी गर्न उपयोग गर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार २ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा  नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको  छ।  

कम्पनीले आईपीओ निष्कास गर्न गत फागुन २ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक र।ोजगारीमा रहेकालाई जारी गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.