सोमबार, असार २,२०८२ 07:02:21
  • सोमबार, असार २,२०८२ 07:02:21
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

Hyundai Nepal
महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ भएको छ । बैंकको  भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको हो ।

बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको छ । ग्राहकहरूले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सक्नेछन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले सदैव ग्राहकहरूको आवश्यकताअनुरूप नवीनतम वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सुन कर्जा सेवाले ग्राहकहरूलाई आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्ने बैंकले जनाएको छ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको छ ।

बैंकको यस सेवाले ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहक हितमा केन्द्रीत रही विभिन्न नविनतम सेवाहरू उपलब्ध गराउने योजना रहेको उल्लेख गरेको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’सञ्चालनमा समेत ल्याएका छौं ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.