बिहीबार, असार १८,२०८३ 10:32:48
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:32:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पियोर इनर्जीको आइपीओमा मागभन्दा १९ गुणा बढी आवेदन, १८ लाख बढीको हात खाली हुने पक्का

Laxmi Sunrise Bank Limited
पियोर इनर्जीको आइपीओमा मागभन्दा १९ गुणा बढी आवेदन, १८ लाख बढीको हात खाली हुने पक्का

काठमाण्डौ  । पियोर इनर्जी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १९।०२ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा १९ लाख ३६ हजार ५३ वटा आवेदन परेको छ ।  

कम्पनीको आइपीओमा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ ।

कम्पनीको आइपीओ १० कित्ताका दरले १ लाख १९ हजार ५२० जनाले मात्रै प्राप्त गर्नेछन् । यसर्थमा १८ लाख १६ हजार भन्दा बढीको हात रित्तो हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले गत चैत २८ गतेदेखि आम सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गरेको थियो ।  

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु।१०० अंकित दरका १ लाख ६०  हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरुको लागि र जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि गत फागुन २७ गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात २८ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गरेको हो ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.