शनिबार, जेष्ठ २,२०८३ 07:46:47
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 07:46:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुई बीमा र एक लघुवित्तको साधारण सभा आज बस्दै,लाभांश वितरण र हकप्रद निष्कासनसम्मको प्रस्ताव पारित हुने

Laxmi Sunrise Bank Limited
दुई बीमा र एक लघुवित्तको साधारण सभा आज बस्दै,लाभांश वितरण र हकप्रद निष्कासनसम्मको प्रस्ताव पारित हुने
Shivam Cement

काठमाण्डौ । आज दुई बीमा र एक लघुवित्त कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । आज हिमालयन रि इन्स्योरेन्स,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्तको साधारण सभा आयोजना हुन लागेको हो ।  

हिमालयन रि इ्रन्स्योरेन्सको आज हुन लागेको तेस्रो वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित हुनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै सभामा बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीमा ८० प्रतिशत(१ः०.८० अनुपात) हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित हुनुका साथै गत आवको वित्तीय विवरणहरु अनुमोदन हुनेछ ।  

यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सभाबाट पनि गत आवको वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनुका साथै संस्थापक समूहबाट ४ जना (१ जना महिलासहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

आजै हुन लागेको स्वाभिमान लघुवित्तको साधारण सभाबाट गत आवको वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनुका साथै अन्य विविध विषयहरु पारित हुनेछ ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.