काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेडको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २६३.९९ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीको नाफा ३३ लाख ९९ हजार रुपैयाँमा सीमित थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम ९ करोड ३५ लाख रहेको थियो । कम्पनीको खर्च भने बढेको छ । अघिल्लो आवमा ३ करोड ९४ लाख रहेको कुल खर्च बढेर ४ करोड २३ लाख पुगेको छ । कम्पनीको वित्त खर्च भने ४ करोड ५ लाख बाट घटेर ३ करोड ९१ लाख रुपैयाँमा खुम्चिएको छ ।
त्यस्तै कम्पनीको रिजर्भको आकार भने १६ करोड ४१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड २ लाख र कुल चालु दायित्व ४ करोड ४७ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ७३.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७८.५४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३४०.०९ गुणा र तरलता अनुपात १.७९ गुणा कायम भएको छ ।