काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमाशुल्क आर्जन र नाफा दुवै बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.६७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १७.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमाुशल्क आर्जन २ अर्ब ९६ करोड रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी पनि ३ अर्ब ८९ करोडबाट बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको कुल खर्च पनि ३ अर्ब ६२ करोडबाट बढेर ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले ३ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।
कम्पनीको महावित्तती कोषको आकार बढेर १० करोड ४७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ७९ करोड ४५ लाख र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.६४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२१.८९ रुपैयाँ र पीई अनुपात ७१.६९ गुणा कायम भएको छ ।