काठमाण्डौ । बनेपा काभे्रमा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वसम्बधी वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय बाह्रविसेले नेपाल रेडक्रस सोसाइटी बाह्रविसे उप–शाखासँगको संयुक्त आयोजनामा २०८२ वैशाख २९ गते बाह्रविसे नगरपालिका ०८ मा खुल्ला रक्तदान कार्यक्रम र प्राइभेट प्याराडाइज माविमा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
प्राइभेट प्याराडाइज माविमा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रविसे नगरपालिकाका १० वटा विद्यालयका १८ जाने विद्यार्थीले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा २०० भन्दा बढि जनसमुदायको उपस्थिती रहेको थियो । सो वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई रु १२ हजार, द्धितिय हुनेलाई रु ९ हजार र तृतिय हुनेलाई रु ६ हजार नगद उपहार पनि प्रदान गरिएको थियो ।
साथै, रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरी सहभागिता जनाएका थिए । बैकले आफ्नो सामाजिक उतरदायित्व कार्यलाई निरन्तरता दिने पनि जनाएको छ ।