मंगलवार, जेष्ठ ५,२०८३ 09:19:18
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:19:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एप्पलले पूर्ण रूपमा सिसाबाट बनेको आईफोन ल्याउने !

Laxmi Sunrise Bank Limited
एप्पलले पूर्ण रूपमा सिसाबाट बनेको आईफोन ल्याउने !
Shivam Cement

काठमाण्डौ । यतिेबला यो वर्ष लञ्च हुने आईफोन १७ सिरिजभन्दा बढी चर्चा आगामी आईफोनको बारेमा भइरहेको छ । एप्पलले २०२७ मा आफ्नो २० औं वार्षिकोत्सव मनाउन गइरहेको छ। सो अवसरमा एप्पलले आईफोन एक्सको समयमा दिएको जस्तो सरप्राइज दिने विश्वास गरिएको छ ।  एप्पलले पूर्ण रूपमा सिसाबाट बनेको आईफोन लन्च गर्न सक्ने रिपोर्टहरु सार्वजनिक भएका छन्। कम्पनीले सन् २०२७ मा ल्याउन लागेको आईफोन १९ प्रो सम्पूर्ण रुपमा सिसाबाट बनाउन सम्ने जनाइएको छ ।  

यससँग सम्बन्धित ब्लूमबर्गको रिपोर्टले आईफोन १९ प्रोमा सिसाको व्यापक प्रयोग हुने पनि जनाएको छ । यसको किनारा घुमाउरो हुनेछ र यो काँचको टुक्रा जस्तो देखिनेछ।

Bizshala
New Office
CG Motors

एप्पलले सन् २०१७ मा आईफोन एक्स लन्चको समयमा आईफोनको डिजाइनमा ठूलो परिवर्तन गरेको थियो। एप्पलले पहिले नै सामसुङ र एलजीसँग आफ्नो आईफोन १९ प्रो मोडेलको डिस्प्लेको बारेमा कुरा गरिरहेको छ। रिपोर्टमा यो विशेष आईफोनको डिस्प्ले चारै किसिमले बन्ट हुने दाबी गरिएको छ । यसको मतलब यो चारैतिर घुमाउरो डिस्प्लेको साथ आउनेछ । जसले फोनको बटन क्षेत्र पनि कभर गर्नेछ। जसका कारण यस आईफोनमा अगाडि, पछाडि र छेउबाट मात्र सिसा देखिनेछ र यो सिसाको स्ल्याब जस्तो देखिनेछ।

Garima Development Bank
Shivam Cement
IME remit

यो आईफोनमा कुनै पोर्ट वा बटन हुनेछैन। अर्थात् यो फोनमा न त चार्जिङ पोर्ट हुनेछ न भोल्युम वा पावर बटन। एप्पलले पोर्ट र बटन रहित आईफोन लन्च गर्ने तयारी गरिरहेको आइफोनको बारेमा यसअघि पनि रिपोर्ट आएको थियो । अहिले आईफोन १९ प्रोसँग सम्बन्धित यी रिपोर्टहरुले त्यही कुरालाई दोहोराईरहेका छन् । केहि वर्ष पहिले साओमीले एउटा यस्तो कन्सेप्ट फोनको भिडियो प्रस्तुत गरेको थियो जसमा फोन पूर्णतया सिसाले ढाकिएको थियो र यसलाई वाटरफल डिस्प्ले नाम दिइएको थियो।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.