शुक्रबार, असार १९,२०८३ 09:38:59
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 09:38:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गभर्नर नियुक्तिमा ओलीको छलछामः देउवाले दुत्कारे बालुवाटारको निम्तो, कांग्रेसका मन्त्रीले क्याबिनेट

Laxmi Sunrise Bank Limited
गभर्नर नियुक्तिमा ओलीको छलछामः देउवाले दुत्कारे बालुवाटारको निम्तो, कांग्रेसका मन्त्रीले क्याबिनेट

काठमाण्डौ । कांग्रेसले सिफारिस गरेको व्यक्तिलाई नेपाल राष्ट्रबैंकको गभर्नर बनाउने चाह प्रधानमन्त्री केपी शर्मा ओलीले नदेखाएपछि सत्ता गठबन्धनमा उथलपुथलको सम्भावना बढेको छ ।  

नेपाल राष्ट्रबैंकको गभर्नर पद रिक्त भएको डेढ महिना बितिसक्दा समेत प्रमुख सत्तारुढ दल कांगे्रस र एमाले सहभागी सरकारले नयाँ गभर्नरको नियुक्ति गर्न सकेको छैन ।  

राजनीतिक भागबण्डामा गभर्नर नेपाली कांग्रेसलाई दिने भनेर ओलीले सभापति शेरबहादुर देउवालाई लामो समयदेखि इन्गेज गराउँदै आएका छन् । घरि यो बाहना, त घरि त्यो बाहाना निकालेर ओलीले कांग्रेसलाई गभर्नर नदिने एकपछि अर्को प्रपञ्च रचेपछि अवस्था केही पेचिलो बन्ने सम्भावना देखिएको हो । 

New Office
CG Motors
Garima Development Bank

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरका लागि सिफारिस गरेका नामहरु क्रमशः राजेन्द्रकिशोर क्षेत्री, डा. रविन्द्र पाण्डे, डा. गुणाकर भट्टलाई यो वा त्यो बाहानामा रेसबाट हटाइसकेका छन् । ओलीको छलछामपूर्ण राजनीति बुझेको कांग्रेसले पनि गभर्नर आफ्नो भागमा परेको भन्दै एकपछि अर्को नाम दिने क्रमलाई जारी नै राखेको छ । यो क्रममा पछिल्लोपटक गभर्नर सिफारिस समितिको सदस्य रहेका डा. विश्व पौडेलको नाम देउवाले ओलीलाई दिएका थिए । ओलीले पनि डा. पौडेललाई गभर्नर बनाउन सकिने भनेपछि पौडेलले सिफारिस समितिबाट समेत राजीनामा दिइसकेका छन् ।  

गभर्नर सिफारिस समितिको पुनर्गठन भई आजको मन्त्रिपरिषद बैठकबाट डा. विश्व पौडेललाई गभर्नर बनाउने देउवा ओलीबीच मोटामोटी सहमति थियो । तर, सहमतिविपरीत ओलीले आज(सोमबार)को बैठकबाट समेत गभर्नर नियुक्तिको विषयलाई पर सार्न खोजेपछि कांग्रेस वार कि पारको योजनासहित अगाडि बढेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गभर्नर नियुक्तिको विषयमा ओलीले छनौट तथा सिफारिस समितिलाई बैठक नै बोलाउन दिएनन् । सिफारिस समितिको बैठक नबसेको कारण देखाउँदै कांग्रेस सभापति देउवासमक्ष आज पनि गभर्नर नियुक्तिको निर्णय गर्न नसकिने सन्देश पठाएपछि देउवा एकाएक आक्रोशित भएका छन् । बुढानिलकण्ठस्थित उच्च स्रोतहरुका अनुसार त्यसपछि देउवाले ओलीले आफूलाई इन्गेज मात्र गराइरहेको र गभर्नरको विषयमा धोका दिन खोजेको विश्लेषणसहित आफ्नो दलको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई आजको बैठकमा सहभागी नहुन निर्देशन दिएका थिए ।  

कांग्रेसका मन्त्रीहरुले आज(सोमबार) साँझ बोलाइएको बैठक बहिस्कार गर्ने खबर पाएपछि ओलीले अन्तिम समयमा एकाएक बैठक स्थगित गर्नुपरेको हो ।  

त्यसअघि ओलीले सभापति देउवालाई टेलिफोनमा कुराकानीको प्रयास गरेका थिए । तर, देउवाले बेवास्ता गरे । त्यसपछि ओलीको सचिवालयले साँझ ७ बजे ओली देउवाको भेटको चाँजोपाजो मिलायो । तर, देउवाले सो भेट पनि बहिस्कार गरिदिए । एकाएक विकसित घटनाक्रमले सत्ता गठबन्धनमा संकटको बादल मडारिएको प्रष्ट देखिन्छ ।  

देउवाले ओलीले कांग्रेसलाई मूसो खेलाए झै खेलाएको र गठबन्धन सरकार भए पनि एकल निर्णयका आधारमा चल्न खोजेको भन्दै सहकार्य भंग गर्नेसम्मको मनस्थिति बनाएका उच्च स्रोतको दाबी छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.