काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा १० अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र अग्रवाल सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, एबीसी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा इम्पेरियल सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज १ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.२१ प्रतिशत सेयर खरिद भएको छ भने ४९.७९ प्रतिशत सेयर बिक्री भएको छ ।
