आईतवार, असार ८,२०८२ 08:12:46
  • आईतवार, असार ८,२०८२ 08:12:46
Global IME Bank Limited

१५ करोडको सीमा हटाउन र लघुवित्तको लाभांश वितरणमा रहेको व्यवस्था परिवर्तन गर्न माग

Hyundai Nepal
१५ करोडको सीमा हटाउन र लघुवित्तको लाभांश वितरणमा रहेको व्यवस्था परिवर्तन गर्न माग
Nabil Bank Limited

काठमाण्डौ । पूँजी बजारसँग सम्बद्ध लगानीकर्ता संघहरुले सेयर बजारमा लाग्दै आएको व्यत्तिलगततर्फको १५ करोडको सीमा हटाउन र लघुवित्त संस्थाको लाभांश वितरणमा रहेको व्यवस्था परिवर्तन गर्न माग राखेका छन् । सेयर लगानीकर्ता संघ नेपाल, पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघले राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई भेट गरेर यस्तो माग राखेका हुन् ।

उक्त अवसरमा उपस्थित लगानीकर्ता संगठनका नेताहरुले बैंक वित्तीय संस्थाले व्यक्तिगत तर्फ प्रदान गर्ने एकल परिवार १५ करोडको सिमा पूर्णरूपमा खारेज गर्नुपर्ने बताए । यसले लगानीकर्ताको पहुँच र विश्वस्त वातावरण निर्माणमा मद्दत पुर्याउने उनीहरुले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, उनीहरुले लघुवित्त संस्थालाई १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने भन्ने विषयको सन्दर्भमा नेपालले अंगिकार अंगिकार गरेको खुल्ला अर्थनीति सिद्धान्त विपरीत नीति भएकोले हालको उक्त व्यवस्थालाई हटाई लघुवित्त संस्थाहरूलाई कार्य सम्पादनमा पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्ने माग राखे ।  

हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पूँजिकोषको पूँजीबजारमा लगानी गर्ने सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा व्यवस्था भए वमोजिमको सिमा कायम राख्नुपर्ने आवश्यकता समेत लगानीकर्ताले औल्याए ।  

गैर आवासीय नेपाली (एनआरएन) ले नेपालको पूँजिबजारमा लगानी गर्नको लागि हालको विधमान कानुनी अड्चनले सो निवेश सहितको नाफा पुन फिर्ता लैजान नसक्ने विधमान कानुनी अवस्था रहेकोमा सो जटिलतालाई परिमार्जन गरी गैर आवासीय नेपालीलाई नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरी आवश्यक लगानीको वातावरण श्रृजना गर्नुपर्ने समेत उनीहरुले माग राखेका छन् ।  

लगानीकर्ताले नेपालको आर्थिक प्रणालीको स्थायित्व, वित्तीय अनुशासन तथा समग्र आर्थिक विकासमा गभर्नर पौडेल नेतृत्व कालले नयाँ युगको सुरुवात गर्ने आशा समेत व्यक्त गरे । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.