शनिबार, श्रावण ३,२०८२ 12:32:09
  • शनिबार, श्रावण ३,२०८२ 12:32:09
Global IME Bank Limited

नबिल बैंकले पायो उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्ड

Hyundai Nepal
नबिल बैंकले पायो उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्ड
Shivam Cement

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National Best Presented Annual Report Award -NBPA – 2024)द्वारा सम्मानित भएको छ । 

Muktinath Bikas Bank Limited

आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेको थियो । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखापरिक्षक तोयम रायाले नबिल बैंकका वित्त प्रमुख सन्दिपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा)ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुनेछ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.