बुधबार, श्रावण ७,२०८२ 05:31:47
  • बुधबार, श्रावण ७,२०८२ 05:31:47
Global IME Bank Limited

सन नेपाल लाइफको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

Hyundai Nepal
सन नेपाल लाइफको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ ्रइन्स्योरेन्स कम्पनीको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार २३ गतेदेखि ३० गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको २ लाख २४ हजार ७२८ कित्ता सेयर साउन ६ गते बाँडफाँड भएको हो ।  

उक्त सेयरको गोप्य शिलकन्दी बोलपत्र साउन २ गते खोलिएको थियो । कुल सेयर संख्यामा सर्वसाधारण समूहतर्फको लकइनमा नरेहेका १ लाख ४० हजार ४५७ कित्ता, सर्वसाधारणको लकइनमा रहेको ४ हजार ४९ कित्ता र संस्थागत समूहतर्फको लकइनमा रहेको ८० हजार २२२ कित्ता सेयर थियो ।  

Muktinath Bikas Bank Limited

संस्थापक समूहको कटअफ मूल्य १५१ रुपैयाँ, सर्वसाधारण समूहतर्फको लकइनमा रहेको सेयरको कटअफ मूल्य ४०१ रुपैयाँ र सर्वसाधारणतर्फ लकइनमा नरहेको सेयरको कटअफ मूल्य ४६१ रुपैयाँ कायम भएको छ । उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको धितोपत्र निष्कासनकर्ता नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।  

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी साउन ८ गते साउन १३ गतेसम्म हुने नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.