काठमाण्डौ । इष्टर्न हाइड्रोपावर नाफामा उक्लिएको छ । अघिल्लो आवमा १ करोड ३७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो कम्पनीले गत आवमा ९५ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।
अघिल्लो आवमा कम्पनीको विद्युत बिक्रीबाट ११ करोड २० लाख रुपैयाँ मात्रै आम्दानी भएकोमा गत आवमा यस्तो आम्दानी १५.५२ प्रतिशत बढेर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
साथै कम्पनीको उत्पादन खर्च पनि २९.१० प्रतिशतले घट्दा घाटाबाट नाफामा उक्लिन सहयोग मिलेको हो । कम्पनीको उत्पादन खर्च १ करोड ८० लाख रुपैयाँबाट घटेर १ करोड २७ लाख रुपैयाँ कायम भएको छ ।
साथै कम्पनीको चुक्तापूँजी ६२ करोड रुपैयाँ रहेकोमा रिजर्भ फण्ड भने १६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको इपीएस १.५५ रुपैयाँ, नेटवर्थ ७३.०७ रुपैयाँ, तरलता अनुपात १.८६ प्रतिशत, मूल्य आम्दानी अनुपात ३७२.८८ गुणा रहेको छ ।