काठमाण्डौ । शुभम पावर लिमिटेडको नाफा ३७७.२७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा जम्मा ११ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ५२ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ह्वात्तै बढेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो । गत आवको अन्त्यसम्म कम्पनीले बिजुली बेचेर २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा ८२९.५४ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी २४ लाख रुपैयाँ मात्रै थियो ।
साथै कम्पनीको कुल इक्विटी २.७३ प्रतिशतले बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति १२.२४ प्रतिशतले घटेर २४ करोड १५ लाख रुपैयाँ सीमित भएको छ । २० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको रिटेन्ड अर्निङ ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने कम्पनीको लगानी ५ करोड १६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९५.०५ रुपैयाँ, पीई रेसियो ३१७.०३ गुणा र तरलता अनुपात १.७३ प्रतिशत रहेको छ ।