शनिबार, जेष्ठ २,२०८३ 09:53:17
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:53:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफामा ५७% को गिरावट, इपीएस १४ रुपैयाँमा सीमित

Laxmi Sunrise Bank Limited
आम्दानी घटेसँगै नेपाल  टेलिकमको नाफामा ५७% को गिरावट, इपीएस १४ रुपैयाँमा सीमित
Shivam Cement

काठमाण्डौ । नेपाल  टेलिकम(एनटीसी)को आम्दानीमा ८.०३ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३८ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको थियो ।  

आम्दानी घटेसागै कम्पनीको खुद नाफामा ५७.२१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले उक्त अवधिसम्म २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

Bizshala
New Office
CG Motors

अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको रिजर्भको आकार ७१ अर्ब १५ करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५.४६ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब ६८ करोड रुपैयाँ र कुल चालु दायित्व १८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३४.६४ रुपैयाँबाट घटेर १४.८२ रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ४९५.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६७१.०६ रुपैयाँ, तरलता अनुपात २.४० प्रतिशत र पीई अनुपात ५९.१८ गुणा कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.