शुक्रबार, असार १९,२०८३ 09:42:12
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 09:42:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेसबुक जनतालाई बन्द, प्रधानमन्त्री र मन्त्रीहरु भने पोस्ट हालेको हाल्यै !

जनताले सोधे-'कुन भिपिएन हो कम्रेड, मन्त्रीको यो कस्तो नैतिकता ?'

Laxmi Sunrise Bank Limited
फेसबुक जनतालाई बन्द, प्रधानमन्त्री र मन्त्रीहरु भने पोस्ट हालेको हाल्यै  !

काठमाण्डौ । सरकारले औपचारिक रुपमा बिहीबारदेखि फेसबुक लगायतका सामाजिक सञ्जाल बन्दको निर्णय गर्यो। निर्णयलगत्तै इन्टरनेट प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणले पत्र नै पठाएर सरकारको निर्णय शीघ्र कार्यान्वयन गर्न भनियो । उनीहरुले पनि बिहीबार साँझदेखि नै आफ्नो नेटवर्कमा फेसबुक चल्न नसक्ने बनाउने अभियान सुरु गरे । वल्र्डलिंक, एनटिसी, एनसेल लगायतका इन्टरनेट प्रदायक तथा टेलिकम कम्पनीहरुले फेसबुक आफ्नो नेटवर्कमा नचल्ने बनाए । सरकारको निर्णयको इमानदारितापूर्वक कार्यान्वयन थाले।

New Office
CG Motors
Garima Development Bank

इन्टरनेट प्रदायक हुँदै नागरिकको स्तरसम्म आफ्नो निर्णय शीघ्र कार्यान्वयनमा लैजाएको सरकारकै नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र सरकारकै विभागीय मन्त्रीहरुले समेत सरकारको निर्णय अवज्ञा गरेका छन् ।  

अधिकांश नेटवर्कमा बिहीबार साँझदेखि बन्द रहेको फेसबुक प्रयोग गरेर प्रधानमन्त्रीको सचिवालयले एमालेको विधान महाधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन गरेका फोटो तथा पोस्टहरु फेसबुकबाट निरन्तर पोस्ट गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयबाटै सरकारी निर्णयको अवज्ञा भएको देखेपछि नागरिक स्तरमा यसको तीव्र विरोध भइरहेको छ ।  

सरकारले हिजो नेपालको कानून नमान्ने फेसबुक लगायतका सामाजिक सञ्जालहरुलाई प्रतिबन्ध लगाउने निर्णय गर्दा त्यसको स्वागत गर्नेहरु समेत विरोधमा उत्रिएका छन् । नागरिकहरुलाई मात्र प्रतिबन्ध लगाएर सरकारले आफ्नै निर्णयको अवज्ञा गरिरहेको उनीहरुको आरोप छ ।  

कतिपयले स्वास्थ्य मन्त्री प्रदीप पौडेल तथा अन्य विभागीय मन्त्री तथा सरकारी अधिकारीहरुले पनि फेसबुक प्रयोग गरिरहेका भन्दै विरोधमा मत जाहेर गरिरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शुक्रबार करिब १ बजेतिर स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फेसबुकबाटै सन्देशमूलक पोस्ट गरेका भेटिएको छ ।  

जसमा केहीले प्रश्न उठाउँदै सोधेका छन् -'अनि आफैं निर्णय गर्ने बन्द गर्ने भनेर, आफैं फेसबुकमा लेख्दा नैतिकता खै ?'

प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोहरु पोस्ट भएको ठाउँमा अधिकांशले कमेन्ट गर्दै सरकारकै मान्छेले भिपिएन प्रयोग गरेर आफ्नै निर्णयको धज्जी उडाएको आरोप लगाएका छन् । बालेन शाहको सचिवालयमा कार्यरत युवा कानून व्यवसायी सस्मित पोखरेलले ओलीलाई प्रश्न गर्दै लेखेका छन्- 'कुन भिपिएन हो कम्रेड ?'

अर्का एक प्रयोगकर्ताले लेखेका छन् -'देशको कार्यकारी ऊ आफै नियम बनाउँछ ऊ आफै तोड्छ ! को छन् यस्ता कार्यकारी प्रमुख को चाटुकार आसेपासेहरु ! दिमाग छैन् ? किन फेसबुक प्रयोग गरेको किन पोस्टाएको ? जनता लाई खुब हेपेकाछौ हैन ! समय आऊछ ढलमुनी लुक्ने बनाएरै छौड्ने हो जती माफ गर्यो त्यती जनतालाई हेपेको छ हेपेको छ !'

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.