सोमबार, जेष्ठ ४,२०८३ 09:00:17
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:00:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जेन जीको आन्दोलनमा घूसपैठ भएपछि नागरिकको ज्यान गयो: ओली

Laxmi Sunrise Bank Limited
जेन जीको आन्दोलनमा घूसपैठ भएपछि नागरिकको ज्यान गयो: ओली
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घूसपैठका कारण बानेश्वर घटना भएको दलिल पेश गरेका छन् ।  

सोमबार राति एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले विभिन्न स्वार्थ केन्द्रबाट भएको घूसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद परिस्थिति उत्पन्न भएको दाबी गरेका हुन् । 

Bizshala
New Office
CG Motors

'जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौं । तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो ।' ओलीले अगाडि भनेका छन् - 'प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरे । यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नु पर्ने स्थिति उत्पन्न भयो ।' 

Garima Development Bank
Shivam Cement
IME remit

उनले आजको प्रदर्शनको क्रममा नागरिकहरुले ज्यान गुमाउनु परेकोमा आफू अत्यन्तै दुःखी भएको बताएका छन् । 'यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनु भएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ ।' उनले भनेका छन् -'आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानविन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु।' 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.