बिहीबार, असार १८,२०८३ 10:24:52
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:24:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लुयानको होली अफर सञ्चालन, १५ हजार नगद छुटसहित थुप्रै सुविधाहरु

Laxmi Sunrise Bank Limited
लुयानको होली अफर सञ्चालन, १५ हजार नगद छुटसहित थुप्रै सुविधाहरु

काठमाण्डौ । लुयान इलेक्ट्रिक स्कुटरले होली अफर सञ्चालन गरेको छ ।

होलीको उपलक्ष्यमा कम्पनीले नगद छुट सहित अन्य सुविधा सहितको होली अफर सञ्चालन गरेको जनाएको छ ।

जस अन्तर्गत लुयान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. १५ हजार छुट पाउनुको साथै केहि एक्सेसरिजहरु निशुल्क पाउनेछन् ।

यसका साथै एउटा प्रिमियम हेलमेट, रेनकोट, बाइक कभर ग्राहकले पाउनेछन् ।  

कम्पनीका सेल्स तथा मार्केटिङ्ग हेड शंकर शर्माद्धारा जारी विज्ञप्ति अनुसार लुयान स्कुटर खरिद गर्ने ग्राहकले सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म निःशुल्क सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टमा वारेन्टी पाउन सक्नेछन् ।

यसका साथै कम्पनीले एक्सचेन्ज तथा फाइनान्सको समेत सुविधा रहेको जनाएको छ । कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान सकिने व्यवस्था समेत रहेको विज्ञप्तिमा जनाइएको छ ।

New Office
CG Motors
Garima Development Bank

यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत कम्पनीका अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने बताइएको छ ।

लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुने कम्पनीले दावी गरेको छ ।  

यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर नपर्ने कम्पनीले जनाएको छ ।   

लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फंक्सनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको कम्पनीले दाबी गरेको छ । 

लुयान इलेक्ट्रिक स्कुटरको नेपालकोे आधिकारिक वितरक जीरो इमिसन राइड एनले जनाए अनुसार नेपालमा भएका इलेक्टिक स्कुटर मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर लुयानको रहेको छ । यसका काठमाण्डौं उपत्यकामा मात्र ७ वटा स्थानमा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.