शुक्रबार, असार १९,२०८३ 08:01:17
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 08:01:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कांग्रेसको धारणा: संसद् विघटन असंवैधानिक, लोकतन्त्र खतरामा !

Laxmi Sunrise Bank Limited
कांग्रेसको धारणा: संसद् विघटन असंवैधानिक, लोकतन्त्र खतरामा  !

काठमाण्डौ । नेपाली कांग्रेसले संसद् विघटनको कदमलाई असंवैधानिक भन्दै कडा विरोध गरेको छ। शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यो कदमले लोकतान्त्रिक उपलब्धि र जेनजी आन्दोलनको भावनामाथि आघात पुगेको ठहर गरेको छ।

New Office
CG Motors
Garima Development Bank

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन संविधान र सर्वोच्च अदालतको व्याख्याविपरीत भएको निष्कर्ष निकाल्यो। “यो कदमले लोकतन्त्र धरापमा परेको छ र जेनजी आन्दोलनको मर्ममाथि प्रहार भएको छ,” मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने। सभापति शेरबहादुर देउवा आन्दोलनकारीको कुटपिटबाट घाइते भएर उपचारमा छन्।

कांग्रेसले भदौ २५ मा नै विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई जेनजी आन्दोलनको मागअनुसार संवादमार्फत समाधान खोज्न र अन्तरिम सरकार गठनमा संविधानसम्मत बाटो अपनाउन सुझाएको थियो। “हामीले प्रस्ताव गरेको बाटोले आन्दोलनकारीको माग सम्बोधन हुन्थ्यो र संविधानको रक्षा पनि,” विज्ञप्तिमा भनिएको छ। तर, संविधानविपरीत संसद् विघटन गरिएकोमा कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पार्टीले भदौ २३-२४ को अप्रिय घटनाको छानबिन, दोषीलाई कारबाही, र संविधानको रक्षा गर्न जोड दिएको छ। साथै, संयम र एकताका लागि स्वदेश-विदेशका नेपालीलाई आह्वान गर्दै शान्ति र लोकतन्त्रको पक्षमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

“लोकतान्त्रिक उपलब्धि जोगाउन र संवैधानिक रिक्तता रोक्न कांग्रेस दृढ छ,” पार्टीले भनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.