काठमाण्डौ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २६ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाण्डौको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा दिनको २ः४५ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणमा सार्वजनिक सेयर(आईपीओ) निष्कासन गर्ने, आईपी जारी गरेपश्चात प्राप्त हुने सेयरपूँजीको उपयोग गर्ने विशेष प्रस्तावहरु पारि गरिनेछ ।
यस्तै आव २०८१/८२ को वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।