बुधबार, असार १७,२०८३ 02:16:28
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:16:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआरएन इन्फ्रास्टक्चरको सेयर भाउमा ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?

Laxmi Sunrise Bank Limited
एनआरएन इन्फ्रास्टक्चरको सेयर भाउमा ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड नेप्सेको लगानी समूहमा सूचीकृत कम्पनी हो । यो कम्पनी करिब १३ वर्ष पहिले सन् २०१२ मा गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य लगानीकर्ताको समूहमार्फत स्थापना भएको हो । यो कम्पनीको स्थापना विशेष गरी जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्देश्यले भएको हो ।  

यो कम्पनीले २७ मेगावटको दोर्दी खोला जलविद्युत कम्पनी, ७३ मेगावटको मिडिल तमोर हाइड्रो प्रोजेक्ट, २८.१ मेगावटको लोअर लिखु, १४.३ मेगावटको माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी ,२१.३ मेगावटको ठूलो खोला जलविद्युत आयोजनामा गरेर १६४ मेगावटका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको छ ।

आधारभूत पक्ष

गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब २८ करोड ४३ लाख रुपैंयाँ रहेको छ । त्यसैगरि, कम्पनीको जगेडा कोषमा १ अर्ब ९२ करोड ८४ लाख रुपैंयाँ रहेको छ । कम्पनीको कूल पूँजी ३ अर्ब २१ करोड रुपैंयाँ रहेको छ । कम्पनीको खूद मूनाफा ६९ करोड १८ लाख ५ हजार रुपैंयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५२.२३ रुपैंयाँ रहेको छ ।  

त्यसैगरि, कम्पनीको बुक भ्यालु २५० रुपैंयाँ रहेको छ भने रिर्टन अन इक्विटी २०.८८ प्रतिशत रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा

लगातार घटेको यो कम्पनीको सेयर मुल्यलाई क्याण्डल स्टिकको आधारमा नियाल्दा आज बुलिस इन्गल्फिङ क्याण्डल बनेको छ । यस्तो कयाण्डल भनेको यदि अघिल्लो क्याण्डल रातो र पछिल्लो क्याण्डल हरियो बनेर अघिल्लो क्याण्डललाई पुरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङं भनिन्छ । यसले कम्पनी तथा सूचकको मूल्य भविष्यमा बढ्न सक्ने सम्भावना रहन्छ । यस कम्पनीको सेयर भ्यालु सपोर्ट जोन आसपासमा बुलिस प्रकृतिको क्याण्डल बनेको देखिन्छ ।  

फियर एण्ड ग्रिडको आधारमा

यस आधारमा यो कम्पनी हाल ३० को तहमा वियेरिस सेन्टिमेन्टमेन्टमा चलेको देखिन्छ । यो भनेको यस कम्पनीमा अघिल्लो कारोबारमा तीव्र बिक्री दबाब परेको भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य करिब २४ सय र न्यून मूल्य ८४८ रुपैंया रहेको छ । यस कम्पनीको सेयर शतप्रतिशत सर्वसाधारणमा परिणत भएको छ भने ब्रोकर नम्बर ५८ , ६६ र १४ बाट उच्च होल्डिगं रहेको देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड ,म्याक्डी र आरएसआइको आधारमा

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर मुल्य हाल तल्लो ब्याण्डमा चलको छ । आज तल्लो ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको देखिन्छ । यसले बढ्दो बजारको संकेत गर्छ ।  

त्यसैगरि, म्याक्डीमा लामो समयदेखि वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर आज हिस्टोग्राम फिक्का बनेको छ ।  

त्यसैगरि, आरएसआईमा भने ‘डब्लु प्यार्टन’ र ‘बुलिस डाइभर्जेन्स’ बनेको देखिन्छ । यसले पनि सम्भावित रुपमा यस कम्पनीको सेयर मूल्य बुलिस यात्रामा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २५१०

प्रतिरोध २ – २३४६

प्रतिरोध १–  २१५८

पिभट् प्वइन्टः १९९४

घटेमा सपोर्ट 

सपोर्ट १– १८०६

सपोर्ट २– १६४२

सपोर्ट  ३ –१४५४

निष्कर्षःआधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । प्रतिसेयर आम्दानी ५२.२३ रुपैया र बुक भ्यालु २५० रुपैंयाँ देखिन्छ । यस आधारमा मूल्य आम्दानी अनुपात करिब ३४ रुपैंया रहेको छ । यो भनेको  बफेट सिद्धान्तअनुसार कम्पनीको सेयर भ्यालु महङ्गो हुदै गएको भन्ने हो ।  

जस अन्तगर्त १७ लाइ स्ट्यान्डर्ड र  २० देखि २५ सम्म मूल्य आम्दानी अनुपातलाई खरिदका लागि उपयुक्त देखिन्छ । यद्यपी अन्य नेपालका कम्पनीहरुको आधारमा आधारभूत रुपमा मजबुत नै रहेको देखिन्छ । प्राविधिक रुपमा नियाल्दा भने यो कम्पनीको सेयर भ्यालु आरएसआईम बुलिस डाइभर्जेन्स बनेको छ भने हिजो आजको क्याण्डलबाट नियाल्दा बुलिस इन्गल्फिङं प्याटर्न बनेको छ । अर्थात सेयरको मूल्यमा अल्पकालिन बढोत्तरी आउन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.