आईतवार, जेष्ठ ३,२०८३ 02:48:52
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:48:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मर्जरपछिको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव,विभिन्न कार्यक्रमको आयोजना

Laxmi Sunrise Bank Limited
मर्जरपछिको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव,विभिन्न कार्यक्रमको आयोजना
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरपश्चात प्रथम वार्षिकोत्सव मनाएको छ । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर  २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आज विविध कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको हो । 

कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत,उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।  उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरु भई घन्टाघर – भद्रकाली – जमलहुदै पुनः कमलादीमा पुगेर  टुंगिएको थियो ।  साथै नेपाल रेड क्रस सोसाईटिसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।  उक्त कार्यक्रममा ५५ जनाभन्दा बढी सहभागीहरुले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

साथै काठमाण्डौ शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरुमार्फत सामाजिक उत्तर दायित्वअन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरिएको कम्पनीले उल्लेख गरेको छ ।  

 कम्पनीको हालको चुक्तापुँजी ४ अर्ब १८ करोड रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२ अर्ब ६९ करोड रहेको छ । कम्पनीले देशभरिका १७५ साखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.