बिहीबार, असार १८,२०८३ 03:53:32
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:53:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार

Laxmi Sunrise Bank Limited
एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार

काठमाण्डौ । पोर्चुगलबाट ‘एस मनि ट्रान्सफर’मार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले लक्की ड्रमार्फत टाटा टियागो ईभी कार जितेका छन्।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई लिमिटेड का अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता बद्री लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई कार हस्तान्तरण गरे ।  

सो अवसरमा अध्यक्ष ढकालले विजेतालाई बधाई दिँदै आइएमईप्रति ग्राहकहरूले देखाउँदै आएको विश्वास र साथप्रति धन्यवाद व्यक्त गरे । उनले विदेशमा श्रम गरेर आर्जित रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा परिवार, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि उल्लेख गरे ।  

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वैदेशिक श्रममा संलग्न नेपालीहरू केवल आम्दानी मात्र नभई सीप, अनुभव र ज्ञानसमेत स्वदेश भित्र्याइ उद्यमशीलतातर्फ आकर्षित हुँदै गएको बताए । यस्तो प्रवृत्तिले दीर्घकालीन आर्थिक सुदृढीकरणमा योगदान पुग्ने उनको भनाइ थियो।

गत कार्तिकदेखि माघसम्म सञ्चालन गरिएको ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत विदेशबाट एस मनि ट्रान्सफरमार्फत रकम पठाउने सेवाग्राहीहरूलाई लक्की ड्रमा समावेश गरिएको थियो। यसै योजनाअन्तर्गत यसअघि दुई जना भाग्यशाली सेवाग्राहीहरूले आइफोन १६ ई पनि प्राप्त गरिसकेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आइएमईले विगतदेखि नै वैदेशिक आम्दानीलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन प्रोत्साहन गर्ने उद्देश्यसहित विभिन्न योजना तथा साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.