शुक्रबार, असार १९,२०८३ 08:03:46
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 08:03:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाकिस्तानद्वारा अफगान तालिबान विरुद्ध ‘खुला युद्ध’को घोषणा

Laxmi Sunrise Bank Limited
पाकिस्तानद्वारा अफगान तालिबान विरुद्ध ‘खुला युद्ध’को घोषणा

काठमाण्डौ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिबानविरुद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘अब हाम्रो धैर्य समाप्त भएको छ र खुला कारबाही अघि बढ्ने छ ।’

पाकिस्तानी पक्षका अनुसार अफगानिस्तानमा सत्तारूढ अफगान तालिबानले विश्वभरका आतंकवादीलाई आश्रय दिइरहेको र आतंकवाद निर्यात गरिरहेको आरोप लगाइएको छ। यसैबीच, अफगान तालिबान सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले राजधानी काबुल, पक्तिका र कन्धारका केही स्थानमा बमबारी गरेको पुष्टि गरेका छन्। यद्यपि, ती हमलामा कुनै मानवीय क्षति नभएको दाबी तालिबानको छ।

New Office
CG Motors
Garima Development Bank

पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पनि एक्समार्फत दिएको वक्तव्यमा काबुल, पक्तिका र कन्धारस्थित तालिबानका रक्षा संरचना लक्षित गरिएको बताएका छन्। उनका अनुसार दुई कोर मुख्यालय, दुई हतियार भण्डार, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय तथा ८० भन्दा बढी ट्यांक नष्ट गरिएको दाबी गरिएको छ। यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

अफगान तालिबानका सैन्य प्रवक्ता वहीदुल्लाह मोहम्मदीले जवाफी अपरेशन सुरु गरिएको र पाकिस्तानतर्फ ठूलो क्षति पुर्‍याइएको दाबी गरेका छन्। उनले केही पाकिस्तानी सैनिक मारिएको तथा केही पक्राउ परेको पनि बताएका छन्। तर पाकिस्तानी अधिकारीहरूले उक्त दाबी अस्वीकार गरेका छन्।

पाकिस्तानको दाबी अनुसार अफगान पक्षबाट उक्साहटविना सीमा क्षेत्रमा आक्रमण भएपछि काउण्टर स्ट्राइक गरिएको हो। पाकिस्तानले पछिल्लो समय भएका आत्मघाती आक्रमणपछि सीमा नजिकका मिलिटेन्ट क्याम्प लक्षित गरिएको बताएको छ। उता तालिबानले भने सर्वसाधारणका घर र धार्मिक विद्यालयसमेत निशाना बनाइएको आरोप लगाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

युद्धविरामपछि पुनः चर्किएको तनाव

दुवै देशबीच सन् २०२५ को अक्टोबरमा युद्धविराममा सहमति भएको थियो। तर त्यसपछि पनि सीमा क्षेत्रमा छिटफुट झडप भइरहेका थिए। पछिल्लो घटनाक्रमले द्विपक्षीय सम्बन्ध थप तनावग्रस्त बनेको छ।

अफगानिस्तानका पूर्वराष्ट्रपति हामिद करजई ले काबुल, कन्धार र पक्तिकामा भएको आक्रमणको निन्दा गर्दै अफगान जनताले एकताबद्ध भएर आफ्नो भूमिको रक्षा गर्ने बताएका छन्।

ड्युरान्ड रेखाः ऐतिहासिक विवाद

पाकिस्तान–अफगानिस्तानबीचको सीमा विवादको जड १८९३ मा खिचिएको २ हजार ६४० किलोमिटर लामो ड्युरान्ड रेखासँग जोडिएको छ। ब्रिटिश भारतका तत्कालीन विदेश सचिव हेनरी मोर्टिमर ड्युरान्ड र अफगान अमिर अब्दुर रहमान खानबीच भएको सम्झौताअनुसार सीमा निर्धारण गरिएको थियो।

पाकिस्तानले ड्युरान्ड रेखालाई अन्तर्राष्ट्रिय सीमा मान्यता दिएको छ भने अफगानिस्तानले औपचारिक रूपमा यसलाई स्वीकार गरेको छैन। यही ऐतिहासिक असहमति र सीमापार सक्रिय उग्रवादी समूहहरूको गतिविधिले दुई देशबीचको अविश्वासलाई निरन्तरता दिँदै आएको छ।

हाल दुवै पक्षले एकअर्कामाथि पहिले आक्रमण गरेको आरोप लगाइरहेका छन्। 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.