काठमाण्डाौ । शोधानान्तर स्थिति ५ खर्ब रुपैयाँ भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको सात महिनासम्ममा शोधानान्तर स्थिति ५ अर्ब ७२ अर्ब रुपैयाँले बचतमा रहेको हो ।
गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो । यस हिसाबमा एक बर्षमा शोधान्तर स्थिति ७३.६१ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, समीक्षा अवधिमा चालु खाता रु.४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो ।
सो अवधिसम्म खुद पुँजीगत ट्रान्सफर रु.११ अर्ब ४३ करोड रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. ५ अर्ब ८३ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा रु.१० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.७ अर्ब ४३ करोड रहेको थियो ।

