शनिबार, जेष्ठ २,२०८३ 09:52:28
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:52:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजारमा नयाँ सर्किट नियम: ५% मा ब्रेक, ८% मा दिनभर बन्द

Laxmi Sunrise Bank Limited
सेयर बजारमा नयाँ सर्किट नियम: ५% मा ब्रेक, ८% मा दिनभर बन्द
Shivam Cement

काठमाण्डौ । नेपाली सेयर बजारमा अत्यधिक उतारचढाव नियन्त्रण गर्न सर्किट ब्रेकरसम्बन्धी नियममा फेरबदल गरिएको छ। नयाँ व्यवस्थाअनुसार अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५ प्रतिशतले घटबढ हुँदा पहिलो सर्किट ब्रेक लाग्नेछ भने ८ प्रतिशतसम्म पुगेमा सो दिनको कारोबार पूर्ण रूपमा बन्द गरिनेछ।

यो परिवर्तन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबार विनियमावली संशोधनमार्फत लागू गरेको हो। नेप्सेको प्रस्तावलाई सेबोनको सञ्चालक समितिले स्वीकृति दिएपछि नयाँ व्यवस्था कार्यान्वयनको चरणमा पुगेको हो।

Bizshala
New Office
CG Motors

संशोधित प्रावधानअनुसार, बजार खुलेको पहिलो घण्टाभित्रै सूचक ५ प्रतिशत तलमाथि भएमा २० मिनेटका लागि कारोबार रोकिनेछ। यदि सोही दिन सूचक ८ प्रतिशतसम्म उकालो वा ओरालो लागेमा भने बाँकी समयका लागि बजार नै बन्द गरिने व्यवस्था गरिएको छ।

यसअघि भने ४ प्रतिशतमा पहिलो ब्रेक, ५ प्रतिशतमा लामो समयका लागि दोस्रो ब्रेक र ६ प्रतिशतमा पूरै दिन कारोबार रोकिने नियम थियो। नयाँ संरचनाले अघिल्लोभन्दा केही फराकिलो दायरा दिँदै बजारलाई बढी लचिलो बनाउने प्रयास गरिएको देखिन्छ।

Garima Development Bank
Shivam Cement
IME remit

नियामक निकायका अनुसार यो कदमले अनावश्यक रूपमा बारम्बार कारोबार रोकिने अवस्था घटाउने, लगानीकर्तामा विश्वास कायम राख्ने र बजारलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

नेप्सेले पनि यो सुधारलाई बजारको स्थायित्व मजबुत बनाउने र लगानीकर्ताको सहभागिता बढाउने उपायका रूपमा अघि सारेको जनाएको छ।

नयाँ सर्किट ब्रेकर प्रणाली छिट्टै कार्यान्वयनमा आउने तयारीमा रहेको छ। यससँगै नेपाली पुँजीबजारमा स्थिरता र विश्वास थप सुदृढ हुने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.