शुक्रबार, असार १९,२०८३ 08:01:40
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 08:01:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–इरानबीच युद्धविराम भएको पाकिस्तानको घोषणा

Laxmi Sunrise Bank Limited
अमेरिका–इरानबीच युद्धविराम भएको पाकिस्तानको घोषणा

काठमाण्डौ ।  अमेरिका र इरानबीच तत्काल प्रभावबाट लागू हुने युद्धविराममा सहमति भएको दाबी गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबानज सरिफले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै यस प्रक्रियामा पाकिस्तानको मध्यस्थता रहेको बताएका छन्।

प्रधानमन्त्री शरीफका अनुसार दुवै देशले आफ्ना सहयोगीहरूसहित लेबनानलगायत विभिन्न क्षेत्रमा लागू हुने युद्धविराम स्वीकार गरेका हुन्। उनले यसलाई समझदारीपूर्ण र दूरदर्शी कदम भन्दै स्वागत गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

शरीफले आगामी अप्रिल १० मा इस्लामाबादमा अमेरिका र इरानका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिएका छन्। सो भेटवार्तामा द्विपक्षीय विवादहरूको अन्त्य गर्दै अन्तिम शान्ति सम्झौतामा पुग्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि डोनाल्ड ट्रम्पले इरानले अमेरिकी शर्तहरू स्वीकार नगरेमा कठोर सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए। उनले वाशिङ्टन समयअनुसार मंगलबार राति ८ बजेसम्मको समयसीमा तोकेका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त समयसीमा समाप्त हुनुभन्दा केही मिनेटअघि शरीफले युद्धविरामको घोषणा सार्वजनिक गरेका हुन्। उनले दुवै पक्षले क्षेत्रीय शान्ति र स्थिरताका लागि सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै इस्लामाबाद वार्ताबाट स्थायी समाधान निस्कने आशा व्यक्त गरेका छन्।

उनले एक्समा लेखेका छन, ‘मलाई यो जानकारी गराउँदा खुशी लागेको छ कि इरान र अमेरिका, आफ्ना सहयोगीहरूसँग मिलेर, लेबनान लगायत सबै ठाउँमा तुरुन्त प्रभावबाट युद्धविराममा सहमत भएका छन्। म यस समझदारीपूर्ण कदमको हार्दिक स्वागत गर्दछु र दुवै देशका नेतृत्वलाई हृदयदेखि धन्यवाद दिन्छु। साथै, म उनीहरूका प्रतिनिधिहरूलाई इस्लामाबादमा शुक्रबार, १० अप्रिल २०२६ मा आमन्त्रित गर्दछु, ताकि सबै विवादहरूको अन्त्यका लागि अन्तिम सम्झौतामा थप छलफल गर्न सकियोस्।’

उनले थप लेखेका छन्, ‘दुवै पक्षले अद्भुत समझदारी र दूरदर्शिता देखाएका छन् र शान्ति तथा स्थिरतालाई अगाडि बढाउन सकारात्मक रूपमा संलग्न रहेका छन्। हामी साँचो मनले आशा गर्दछौं कि इस्लामाबाद वार्ताले दिगो शान्ति हासिल गर्न सफल हुनेछ र आगामी दिनहरूमा अझ राम्रो समाचार साझा गर्ने अपेक्षा गर्दछौं।’

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.