बुधबार, चैत्र २५,२०८२ 09:25:53
Bizshala
  • बुधबार, चैत्र २५,२०८२ 09:25:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भृकुटी स्टक ब्रोकिङलाई बढीमा ६ महिना निलम्बन गरिएको सेबोनको सूचना, तिर्न बाँकी ५.११ अर्ब

Bizshala
भृकुटी स्टक ब्रोकिङलाई बढीमा ६ महिना निलम्बन गरिएको सेबोनको सूचना, तिर्न बाँकी ५.११ अर्ब
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि.लाई निलम्बनको कारबाही गरिएको सूचना प्रकाशित गरेको छ ।

बोर्डले भृकुटीको धितोपत्र दलाल सेवा सञ्चालन अनुमति बढीमा ६ महिनाका लागि निलम्बन गरेको छ।

बोर्डले जारी गरेको सूचनामा कति अवधिका लागि लाइसेन्स निलम्बन गरिएको हो खुलाइएको छैन । निलम्बनका लागि जुन एने र नियमावलीको दफा उद्धृत गरिएको छ, त्यसमा बढीमा ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८८ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम ३० को उपनियम-१) प्रतिबन्धात्मक वाक्यांशको खण्ड -ख) बमोजिम सो ब्रोकरलाई कारबाही गरिएको बोर्डको स्पष्टोक्ति छ ।  

नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम ३० को उपनियम १ मा भनिएको छः

कुनै धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र निलम्बन गर्नुपर्ने अवस्था परेमा त्यसरी अनुमतिपत्र निलम्बन गर्नुअघि त्यसको कारण र आधार खुलाई बढीमा पन्ध्र दिनको समय दिई बोर्डले सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीसँग स्पष्टीकरण माग गर्नुपर्नेछ । तर देहायका अवस्था विद्यमान भएको कुरामा बोर्ड सन्तुष्ट भएमा बोर्डले स्पष्टीकरण माग नगरी एक पटकमा बढीमा छ महिनासम्मको लागि अनुमतिपत्र निलम्बन गर्न सक्नेछ: 

-क) तत्काल निलम्बन नगरी काम गरिरहन दिंदा झुठ्ठा कारोबार हुन सक्ने, लगानीकर्ता विरुद्ध जालसाज हुन सक्ने वा पूँजी बजारमा गंभीर प्रतिकूल असर पर्नसक्ने सम्भावना देखिएमा,  

-ख) तत्काल निलम्बन नगरी काम गरिरहन दिंदा लगानीकर्तालाई हानी नोक्सानी हुने संभावना देखिएमा ।

यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८८ मा कारबाहीका लागि यस्तो व्यवस्था छ: 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सेबोनले जारी गरेको सूचनाअनुसार उक्त कम्पनीले धितोपत्र दलाल तथा व्यापारीसम्बन्धी नियमावली, २०६४ का विभिन्न प्रावधान उल्लंघन गरेको पाइएपछि यस्तो निर्णय गरिएको हो। कम्पनीले ग्राहकको शेयर खरिद–बिक्री तथा कोल्याट्रल (धितो) वापतको रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको, साथै खरीदकर्ताबाट रकम लिई विक्रेतालाई समयमा भुक्तानी नगरेको जस्ता अनियमितता गरेको आरोप छ।

यस्तै, कम्पनीले न्यूनतम मार्जिन (कम्तीमा २५ प्रतिशत) नलिई लगानीकर्तालाई उधारोमा शेयर खरिद गर्न सुविधा दिएको पनि सेबोनले उल्लेख गरेको छ। उपलब्ध विवरणअनुसार कम्पनीले लगानीकर्तालाई तिर्नुपर्ने दायित्व रकम झण्डै रु ५ अर्ब ११ करोडभन्दा बढी रहेको समेत देखिएको छ ।  

सेबोनका अनुसार यस्तो कार्यले पूँजी बजारमा नकारात्मक प्रभाव पार्नसक्ने तथा लगानीकर्तालाई नोक्सानी हुने जोखिम देखिएकाले चैत २३ गतेको सञ्चालक समितिको निर्णयअनुसार निलम्बन गरिएको समेत प्रष्ट पारिएको छ ।  

साथै, निलम्बन अवधिमा नियमअनुसार आवश्यक सुधार तथा दायित्व पूरा गर्न कम्पनीलाई निर्देशन दिइएको छ।

बोर्डले भृकुटीलाई धितोपत्र सम्बन्धी कानूनी व्यवस्थाको पालना गरी लगानीकर्तालाई दिनुपर्ने रकम फछ्र्यौट गर्न तथा साथै सो ब्रोकरबाट कारोबार गरिरहेका लगानीकर्ताले निलम्बन अवधिभर अन्य धितोपत्र दलाल व्यवसायीबाट कारोबार गर्न चाहेमा प्राविधिक लगायत अन्य कार्यमा अबिलम्ब आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।  

धितोपत्र बोर्डको सूचना :

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.