काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले घटेको छ ।
बीमा समूह घट्दा ११ बीमा कम्पनीको सेयरभाउ भने बढेको छ । सर्वाधिक कमाउनेमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.४० प्रतिशतले बढेर ४०५.५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको ०.६५ प्रतिशत, सिटिजन लाइफको ०.२२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१९ प्रतिशत, हिमालयन एभरेष्टको ०.१७ प्रतिशत, सानिमा जिआइसीको ०.१९ प्रतिशत, शिखरको ०.१६ प्रतिशत, युनाइटेड अजोडको ०.४८ प्रतिशत, नेपाल रि को १.५८ प्रतिशत र हिमालयन रि को ०.३१ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.३२ प्रतिशतले घटेर ६७१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.४८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४० प्रतिशत, नेको इन्स्योरेन्सको ०.७९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.८४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १.२९ प्रतिशत, सलिकोको ०.११ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९७ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.२६ प्रतिशत, हिमालयन लाइफको ०.२८ प्रतिशत, आइएमई लाइफको ०.६७ प्रतिशत, एलआइसी नेपालको ०.११ प्रतिशत, नेपाल लाइफको ०.५१ प्रतिशत, नेशनल लाइफको ०.२० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२१ प्रतिशत, सूर्यज्योति लाइफको ०.४१ प्रतिशत र सन नेपाल लाइफको ०.६७ प्रतिशतले घटेको छ ।

