बिहीबार, असार १८,२०८३ 12:29:21
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:29:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

होल्डिङ मोडेलमा युनियन हाइड्रो, अब बहुआयामिक लगानी कम्पनी

Laxmi Sunrise Bank Limited
होल्डिङ मोडेलमा युनियन हाइड्रो, अब बहुआयामिक लगानी कम्पनी

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेड होल्डिङ संरचनामा रूपान्तरण भएको छ । 

आइतबार ललितपुरमा सम्पन्न विशेष साधारणसभाले कम्पनीको नाम परिवर्तन गरी “युनियन हाइड्रो होल्डिङ कम्पनी लिमिटेड” बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेसँगै कम्पनीले अब परम्परागत जलविद्युत उत्पादनमा सीमित नरही बहुआयामिक लगानी कम्पनीका रूपमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने बाटो खोलेको हो ।

New Office
CG Motors
Garima Development Bank

नयाँ संरचनाअनुसार कम्पनीले जलविद्युतसँगै सौर्य तथा अन्य नवीकरणीय ऊर्जा, वित्तीय संस्था, पूर्वाधार, पर्यटन, उत्पादनमूलक उद्योग, सूचना प्रविधि तथा दोस्रो बजारलगायत विविध क्षेत्रमा सहायक वा सहसम्बद्ध कम्पनीमार्फत लगानी विस्तार गर्न सक्नेछ । 

यस रूपान्तरणले कम्पनीलाई एकल क्षेत्रको निर्भरताबाट बाहिर निकाल्दै आम्दानीका स्रोत विविधीकरण गर्ने आधार तयार पार्ने र दीर्घकालीन रूपमा लगानीकर्तालाई थप प्रतिफल दिने अपेक्षा गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोही सभाले हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ, जसअनुसार ७५ करोड रुपैयाँ रहेको चुक्तापूँजी हकप्रदपछि बढेर १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । 

कम्पनीका हाल ३६ लाख ६२ हजार ५५० कित्ता साधारण र ३८ लाख ३७ हजार ४५० कित्ता प्रमोटर सेयर दोस्रो बजारमा सूचीकृत रहेका छन् भने पछिल्लो कारोबार मूल्य प्रतिसेयर ५१० रुपैयाँ रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.