काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १२५.८४ प्रतिशतले बढेको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाले ४ करोड ८४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा १० करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ९ करोड ८६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
संस्थाले सम्भावित घाटाका लागि ३ करोड १५ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै संस्थाको रिजर्भमा ३० करोड १४ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ९ करोड र कर्जा प्रवाह १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात केही घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १५.०८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ११.१७ प्रतिशत पुगेको छ ।
यस्तै संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)६१.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४२३.२त्६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६६५.१६ रुपैयाँ र तरलता अनुपात ९ प्रतिशत कायम भएको छ ।

