काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८४ प्रतिशत र निर्जीवन बीमा समूह १.११ प्रतिशतले घटेको छ ।
आज प्रभु इन्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको सेयरभाउ ०.१४ प्रतिशतले बढेर ६४६ रुपैयाँ पुगेको छ ।
सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.३५ प्रतिशतले घटेर १०२६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको १.७४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.४० प्रतिशत, नेको इन्स्योरेन्सको ०.०२ प्रतिशत, एनएलजीको १.९० प्रतिशत, आरबीसीएलको १.५७ प्रतिशत, सलिकोको ०.२० प्रतिशत, सानिमा जिआइसीको ०.०६ प्रतिशत, शिखरको ०.३४ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.१८ प्रतिशत, युनाइटेड अजोडको १.७९ प्रतिशत, हिमालयन रि को ०.९२ प्रतिशत र नेपाल रि को सेयरभाउ १.३२ प्रतिशतले घटेको छ ।
साथै एशियन लाइफको ०.१३ प्रतिशत, सिटिजन लाइफको ०.४६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ४.५८ प्रतिशत, गार्डियन माइक्रो लाइफको ४.४४ प्रतिशत, हिमालयन लाइफको ०.९३ प्रतिशत, आइएमई लाइफको ०.३९ प्रतिशत, एलआइसी नेपालको ०.२४ प्रतिशत, नेपाल लाइफको ०.२४ प्रतितशत, नेशनल लाइफको ०.३४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६३ प्रतिशत, सूर्यज्योति लाइफको १.१५ प्रतिशत, सन नेपाल लाइफको ०.६४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.७६ प्रतिशतले घटेको छ ।

