शनिबार, जेष्ठ २,२०८३ 08:06:46
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 08:06:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआरएन सेयर चलखेलदेखि दबाइएका अनुसन्धानसम्म, सेबोनका सम्वेदनशील फाइल सम्पत्ति शुद्धिकरणको कब्जामा

दीपक भट्ट कनेक्सनपछि सन्तोषनारायण संकटमा, ‘इन्साइडर ट्रेडिङ’ रिपोर्ट लुकाइएको आशंका

Laxmi Sunrise Bank Limited
एनआरएन सेयर चलखेलदेखि दबाइएका अनुसन्धानसम्म, सेबोनका सम्वेदनशील फाइल सम्पत्ति शुद्धिकरणको कब्जामा
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान तीव्र बनाएको छ । बोर्डमा रहँदा उनले गरेका विवादास्पद निर्णय, रोकिएका अनुसन्धान र थन्क्याइएका संवेदनशील फाइलहरूबारे थप छानबिन गर्न विभागले सेबोनबाट ठूलो परिमाणमा कागजात नियन्त्रणमा लिएको उच्च स्रोतले जनाएको छ ।

Bizshala
New Office
CG Motors

दुई दिनअघि सम्पत्ति शुद्धिकरण विभागको टोली सेबोन पुगेको थियो । टोलीले बोर्डका विभिन्न विभागसँग समन्वय गर्दै अनुसन्धानसँग सम्बन्धित फाइल, निर्णय कागजात र आन्तरिक अभिलेख नियन्त्रणमा लिएको स्रोतको दाबी छ ।

विभाग स्रोतका अनुसार युवा व्यवसायी दीपक भट्टमाथिको अनुसन्धानका क्रममा सन्तोषनारायण श्रेष्ठको भूमिका पनि शंकाको घेरामा परेको हो । त्यसपछि श्रेष्ठको कार्यकालमा भएका कतिपय निर्णय, बीचमै रोकिएका अनुसन्धान र दबाइएका फाइलमाथि विभागले विशेष चासो दिएको बताइएको छ ।

स्रोतका अनुसार श्रेष्ठसँग विभागले एकभन्दा बढी चरणमा बयान लिइसकेको छ । अनुसन्धानको दबाब बढेपछि उनले हतारमा राजीनामा दिएको दाबी समेत विभाग निकट स्रोतको छ । सार्वजनिक रूपमा भने उनले नयाँ सरकारलाई सहयोग गर्न आफूले पद छाडेको सन्देश दिन खोजेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

राजीनामापछि पनि विभागले श्रेष्ठसँग पुनः बयान लिएको र सो क्रममा उनले दिएको जानकारी तथा विभागले प्राप्त गरेको सूचनाबीच असंगति देखिएपछि थप प्रमाण संकलनका लागि सेबोनमै पुगेर कागजात नियन्त्रणमा लिइएको एक अधिकारीले बताए ।

ती अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमै दीपक भट्टसँग सम्बन्धित केही स्वार्थप्रेरित निर्णयमा श्रेष्ठको संलग्नता देखिएको छ । अनुसन्धानमा श्रेष्ठ स्वयंले पनि निश्चित स्वार्थ समूहलाई लाभ पुग्ने गरी निर्णय गरेको आशंका बलियो बनेको स्रोतको भनाइ छ ।

अनुसन्धानमा सबैभन्दा गम्भीर रूपमा उठेको विषय भनेको बोर्डभित्रै भएका संवेदनशील अनुसन्धानलाई बीचमै रोक्नु र तयार भइसकेका फाइलहरू थन्क्याउनु हो । विभागका एक अधिकारीले भने, “हामी सम्पत्ति शुद्धिकरणको कोणबाट हेरिरहेका छौँ । ती फाइल किन रोकिए ? त्यस क्रममा कुनै लाभ लिइयो कि लिइएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।”

उनका अनुसार बोर्डमा रहँदा श्रेष्ठले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूर गरे–नगरेको कोणबाट समेत अनुसन्धान अघि बढाइएको छ ।

सेबोन स्रोतले पनि विभागले पछिल्लो पटक ठूलो संख्यामा कागजात नियन्त्रणमा लिएको पुष्टि गरेको छ । यसअघि पनि विभागको टोलीले केही कागजात लगेको थियो । “दुई दिनअघि फेरि टोली आयो, यसपटक थप धेरै फाइल र कागजात लगिएको छ,” स्रोतले भन्यो ।

अनुसन्धानको केन्द्रमा एनआरएन इन्फ्रास्टक्चरको सेयर कारोबारसम्बन्धी विवादास्पद प्रकरण पनि परेको छ । स्रोतका अनुसार उक्त कम्पनीको सेयर मूल्य चलखेल, केही ब्रोकरको मिलेमतो तथा इन्साइडर ट्रेडिङसँग सम्बन्धित फाइलहरू समेत विभागले नियन्त्रणमा लिएको छ ।

त्यसबारे सन्तोषनारायण श्रेष्ठकै निर्देशनमा एक कार्यकारी निर्देशकलाई अनुसन्धान जिम्मा दिइएको थियो । तर अनुसन्धानले दोषी औँल्याएका व्यक्तिमाथि कारबाही गर्नुको साटो फाइल नै दबाइएको आरोप छ । भिडियो फुटेजजस्ता संवेदनशील प्रमाण समेत लुकाइएको दाबी स्रोतको छ ।

स्रोतका अनुसार एनआरएन इन्फ्रास्टक्चर प्रकरणको प्रतिवेदन तयार पार्न र पछि त्यसलाई गुपचुप राख्न बोर्डभित्रकै केही उच्च अधिकारीले पनि श्रेष्ठलाई साथ दिएका थिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.