बिहीबार, असार १८,२०८३ 09:50:14
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:50:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डे पक्राउ

Laxmi Sunrise Bank Limited
स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डे पक्राउ

काठमाण्डौं । स्मार्ट सेलको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गरिएको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।  

सिआइबीले लिलामी प्रक्रियामा कानूनी मापदण्ड उल्लंघन, धितो सम्पत्ति व्यवस्थापनमा अनियमितता तथा कर्जा असुली प्रक्रियामा त्रुटि भएको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

स्मार्ट टेलिकम आर्थिक संकटमा परेपछि उसका धितो सम्पत्तिहरू लिलामीमा गएका थिए।

तर, लिलामी प्रक्रिया पारदर्शी नभएको, सीमित समूहलाई फाइदा पुग्ने गरी निर्णय गरिएको तथा राज्यलाई नोक्सानी हुन सक्ने आशंका उठेपछि अनुसन्धान शुरु गरिएको हो।

सिआइबीले बैंकिङ कागजात, ऋण सम्झौता, धितो मूल्यांकन प्रतिवेदन तथा लिलामीसम्बन्धी अभिलेखहरू अध्ययन गरिरहेको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस प्रकरणमा बैंकका अन्य अधिकारी, कम्पनी प्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरूसँग पनि बयान लिने तयारी भइरहेको छ।

यस घटनाले नेपालको बैंकिङ क्षेत्र, वित्तीय सुशासन, खराब कर्जा व्यवस्थापन तथा नियामक निकायको निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।  

अनुसन्धान जारी रहेकाले थप व्यक्तिहरू पनि अनुसन्धानको दायरामा आउन सक्ने जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.