बिहीबार, असार १८,२०८३ 09:57:18
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:57:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पक्राउ प्रकरण सर्वोच्च अदालतमा

Laxmi Sunrise Bank Limited
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पक्राउ प्रकरण सर्वोच्च अदालतमा

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे को पक्राउविरुद्ध सर्वोच्च अदालतमा प्रत्यक्षीकरण (हैबियस कर्पस) को निवेदन दर्ता भएको छ।

पाण्डेका तर्फबाट उनकी पत्नी निरु दाहाल पाण्डे ले सर्वोच्च अदालतमा निवेदन दर्ता गर्दै आफ्ना श्रीमानलाई गैरकानूनी रूपमा नियन्त्रणमा लिइएको र कानूनी प्रक्रिया विपरीत पक्राउ गरिएको दाबी गरेकी हुन्। 

New Office
CG Motors
Garima Development Bank

निवेदनमा पाण्डेलाई तत्काल अदालतमा उपस्थित गराई रिहा गर्न माग गरिएको स्रोतले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार उक्त रिट निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने तयारी गरिएको छ।  

अदालतले पक्राउको आधार, अनुसन्धान प्रक्रिया तथा हिरासतको वैधानिकताबारे सम्बन्धित निकायसँग स्पष्टिकरण माग गर्न सक्ने बताइएको छ।

ज्योतिप्रकाश पाण्डे लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार नियन्त्रणमा लिएको थियो।  

उनलाई स्मार्ट टेलिकम प्रालि को सम्पत्ति धितो लिलाम प्रक्रियासम्बन्धी विवादमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ।

सरकार पक्षले स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी ढंगले कब्जा गर्ने प्रयास भएको आशंका गर्दै अनुसन्धान अघि बढाएको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त प्रक्रियामा बैंकिङ अधिकारको दुरुपयोग तथा संस्थागत मिलेमतो भएको हुनसक्ने विषयमा समेत छानबिन भइरहेको स्रोतले जनाएको छ।

यता बैंक पक्षले भने सम्पूर्ण धितो लिलाम प्रक्रिया प्रचलित कानूनी, बैंकिङ मापदण्ड तथा नेपाल राष्ट्र बैंक को निर्देशन र स्वीकृतिअनुसार नै अघि बढाइएको दाबी गरेको छ।

बैंकका अधिकारीहरूले ऋण असुली प्रक्रिया नियमित बैंकिङ अभ्यासअनुसार सञ्चालन गरिएको र त्यसमा कुनै गैरकानूनी कार्य नभएको बताएका छन्।

घटनाले बैंकिङ क्षेत्र, नियामकीय निकाय तथा दूरसञ्चार क्षेत्रमै व्यापक चासो उत्पन्न गरेको छ।

 अदालतको आगामी सुनुवाइपछि यस प्रकरणले नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.