बुधबार, असार १७,२०८३ 02:30:49
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:30:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिनेछ, कार्यदलको सुझाव क्रमशः कार्यान्वयन हुन्छः अध्यक्ष खत्री

Laxmi Sunrise Bank Limited
धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिनेछ, कार्यदलको सुझाव क्रमशः कार्यान्वयन हुन्छः अध्यक्ष खत्री

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोनं) आफ्नो स्थापनाको ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा बोर्डका अध्यक्ष उत्तर कुमार खत्रीले धितोपत्र तथा वस्तु विनिमय बजारलाई सुरक्षित, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन्।

वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष खत्रीले धितोपत्र सम्बन्धी ऐन, २०६३ ले प्रदान गरेको अधिकारअनुसार बजारलाई भरपर्दो, पारदर्शी तथा गतिशील बनाउन बोर्डले निरन्तर काम गरिरहेको उल्लेख गरे। उनले नेपाल सरकारको नीतिअनुसार पुँजी बजारको दिगो विकास तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताए।

यस्तै उनले पूँजी बजारको विकास तथा सुधारका लागि विभिन्न समयमा गठन भएका आयोग तथा कार्यदलहरूले दिएका सुझाव समेत क्रमशः कार्यान्वयन गरिने प्रतिवद्धता समेत व्यक्त गरका छन् ।

अध्यक्ष खत्रीका अनुसार बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा सिडिएस एण्ड क्लियरिङ प्रणालीको पुनर्संरचना, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार तथा पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फण्ड र गैरआवासीय नेपाली (एनआरएन) को लगानी आकर्षित गर्ने योजनालाई अगाडि बढाउनेछ। साथै ऋणपत्र, बण्ड बजार, पूर्वाधार बण्ड तथा जोखिम व्यवस्थापनका उपकरणहरूको विकासमार्फत दीर्घकालीन पूँजी निर्माणमा जोड दिइने उनले बताए।

New Office
CG Motors
Garima Development Bank

उनले पूँजी बजार सुधारका लागि विभिन्न समयमा गठित आयोग तथा कार्यदलहरूले दिएका सुझावहरू क्रमिक रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा व्यवस्था गरिएकाले बजार थप गतिशील हुने अपेक्षा गरिएको अध्यक्ष खत्रीको भनाइ छ।

बोर्डले नियामकीय क्षमता अभिवृद्धि, प्रविधिमैत्री सेवा विस्तार, लगानीकर्ताको हकहित संरक्षण, सुशासन प्रवर्द्धन तथा धितोपत्र बजारसम्बन्धी कसूरको अनुसन्धान र कारबाहीलाई प्राथमिकतामा राखेको जनाएको छ। यसका साथै सार्वजनिक निष्काशन प्रक्रियालाई थप स्वच्छ र पारदर्शी बनाउन आवश्यक कानुनी तथा संरचनागत सुधार गरिने बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अध्यक्ष खत्रीले साना तथा मझौला उद्यम (एसएमई) प्लेटफर्म, वस्तु विनिमय बजार तथा त्यसका पूर्वाधारहरू सञ्चालनमा ल्याउने, बजार सञ्चालक संस्थाहरूको संरचनागत सुधार गर्ने तथा बजार सहभागीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिए।

उनले अन्तर्राष्ट्रिय रूपमा स्थापित सिद्धान्त, अभ्यास तथा सरोकारवाला निकायहरूको सुझाव र मार्गदर्शनलाई आत्मसात गर्दै धितोपत्र बजारलाई थप विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे। साथै नियमन र सुपरीवेक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य विस्तार गरिने बताए।

अन्त्यमा अध्यक्ष खत्रीले नेपाल सरकारको आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटले निर्धारण गरेका लक्ष्य हासिल गर्न बोर्ड सक्रिय रहने उल्लेख गर्दै पूँजी बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरीवेक्षण र सुधारका लागि सरकार, नियामक निकाय, अन्तर्राष्ट्रिय संस्था तथा सरोकारवाला पक्षहरूको निरन्तर सहयोग आवश्यक रहेको बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.