बिहीबार, असार १८,२०८३ 10:14:11
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:14:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

देश कमजोर भए कसैको अस्तित्व सुरक्षित रहँदैन : प्रदीप ज्ञवाली

Laxmi Sunrise Bank Limited
देश कमजोर भए कसैको अस्तित्व सुरक्षित रहँदैन : प्रदीप ज्ञवाली

काठमाण्डौ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै देश कमजोर भए कुनै पनि दल, नेता वा शक्ति सुरक्षित नहुने भन्दै राष्ट्रिय हित र लोकतन्त्रप्रति सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्ने बताएका छन्।

उनले कठिन परिस्थितिमा राष्ट्र, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय एकताको संरक्षण अनिवार्य भएको उल्लेख गर्दै “अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु” भन्ने उक्ति स्मरण गराए।

New Office
CG Motors
Garima Development Bank

ज्ञवालीले परराष्ट्र नीति सन्तुलित र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा जोड दिँदै जनजीविका, रोजगारी र आर्थिक सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

साथै, लोकतन्त्रलाई कमजोर पार्ने प्रवृत्तिबाट सचेत रहनुपर्ने उनको भनाइ थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनका अनुसार जनताको विश्वास प्राप्त गर्नु उपलब्धि भएपनि त्यसलाई परिणाममा रूपान्तरण गर्नु ठूलो चुनौती हो, जसका लागि सबै राजनीतिक शक्तिले साझा जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.