बिहीबार, असार १८,२०८३ 10:13:34
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:13:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लुम्बिनी प्रदेश सभामा बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

Laxmi Sunrise Bank Limited
लुम्बिनी प्रदेश सभामा बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

काठमाण्डौ । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत आज सोमबार दिउँसो १ बजे बस्ने दशौँ बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने भएको छ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले आ–आफ्ना धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिने कार्यक्रम रहेको छ।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी, मन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। सो बजेटमध्ये पूँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ र चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वित्तीय व्यवस्थासमेत समावेश गर्दा कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.